
काठमाण्डु,३१ वैशाख- सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा५ नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।
काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने छलफल भएको बताए ।