विभिन्न बहानामा भत्काइएका सडक वर्षात्अघि बनाइयोस् : प्रदीप पौडेल

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १३:२४ मा प्रकाशित

काठमाण्डु ,२६ वैशाख- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विभिन्न बहानामा भत्काइएका सडक पुनरनिमार्णका लागि सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले काठमाण्डुको विभीन्न ठाँउमा सडकको निर्माण कार्य अलपत्र परेको सुनाए ।उनले खानेपानीका पाइप र बिजुलीका तार भूमिगत गराउने नाममा भत्काइएका सडक वर्षात् लाग्नुअघि बनाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन ।

उनले भने-खानेपानीको पाइप बिछ्याउनेदेखि बिजुलीका तार भूमिगत गराउने नाममा सडक बारम्बार खनिराखेको छ। फुटपाथमा निर्माण सामग्री राखेर अस्तव्यस्त बनाइएको छ ।

सरकारका मन्त्रालयहरु विच समन्वय हुन नसकेका कारण एउटै सडक वर्षमा चारपटक सडक भत्काइएको ।’भत्काइएका सडक वर्षात्अघि बनाउन सरकारसँग माग गर्दछु।

पौडेलले सडक कहिँ बनाउँदै नबनाउने कहिँ बनेको सडक पटक पटक भत्काउने कार्य भएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us