प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८० वैशाख २३ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल चलिरहेको छ ।

सिंहदरबारमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी प्रकरणमा एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ पुर्जी जारी भएपछि ओलीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर बहालवाला सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको नेतालाई षड्यन्त्रपूर्ण ढंगले समाउन खोजिएको भन्दै सरकारले उक्त विषयलाई राजनीतिक रंग दिन खोजेको बताएका थिए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us