ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २३ गते ११:२० मा प्रकाशित

कञ्चनपुर, २३ वैशाख– कञ्चनपुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का रहेका छन ।

भीमदत्त नगरपालिका–९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रक विद्युतको तारमा छुँदा करेन्ट लागेर चालक रोक्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएकाउनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । रोक्का तटबन्ध निर्माणका लागि नेपालगञ्जबाट तारजाली बोकेर ल्याइरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us