
कञ्चनपुर, २३ वैशाख– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कञ्जभोजस्थित जोगबुढा नदीको झोलुंगे पुलमा सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) नरेन्द्र चंैसिरमाथि खुकुरी प्रहार भएको छ ।
स्थानीय युवाहरुको समूहले उनीमाथि गएराति खुकुरी प्रहार गरेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । करिब १५ जना युवाहरुको समूह पुलमाथि बसेर होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चौंसिरमाथि खुकुरी प्रहार भएको डाँगीले बताए ।
चैंसिरकञ्चनभोजस्थित बोर्डर आउट पोष्ट (बीओपी) इन्चार्जका रुपमा कार्यत छन् । घटनामा संलग्नहरुको समूह फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।