
काठमाण्डु, २२ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ भने संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचाररत छन् । शुक्रबार मात्र ५७ जना कोरोनाबाट निको भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ ।