क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार छ: रुस

काठमाण्डु टुडे २०८० वैशाख २२ गते १२:२३ मा प्रकाशित

एजेन्सी– हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन । पेस्कोभले क्रेमलिनमा यसबारे उल्लेख गरेका छन्, ‘हामीसँग यसको प्रमाण छ ।

त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ । ’ प्रवक्ता पेस्कोभले भने, ‘अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ ।

वाशिङ्गटनका लागि द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ । ’ रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा आक्रमण गर्न दुईवटा ड्रोन प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us