
काठमाण्डु, २१ वैशाख– काठमाण्डु महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ ।
नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य सार्वजानिक भएको हो । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन ।
तास खेलिरहेको उनीहरुको तस्वीर बुधबार दिउँसोको भएको महानगरपालिका स्रोतले जानकारी दिएको छ । कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।