थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १८:१० मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जानकारी दिएको छ । १ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us