
काठमाण्डु, ६ वैशाख-भीमफेदी कारागारका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार रहेका छन। परियार कर्तव्य ज्यान मुद्दामा कारागार चलान भयका थिय।
उनी बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई ढलेपछि उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो।परियारको उपचारको क्रममा करिब १२ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।