
काठमाण्डु, ६ वैशाख– महालेखा परीक्षकको कार्यालयले ठेक्का लगाएर अधुरो छाडिएको काम छिटो सक्नुपर्ने बताएको छ । महालेखाले २० औं वार्षिक प्रतिवेदनमा एकाइ कार्यालय, मोरङले लगाएको ठेक्काका काम अधुरो नै रहेको उल्लेख गरेको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ र नियम १२८ मा खरिद सम्झौताको शर्त बमोजिम निर्माण कार्य सम्पन्न नगरेमा पूर्वनिर्धारित क्षतिपूर्ति असुल गरी निर्माण व्यवसायीको लागतमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ ।
एकाइ कार्यालय मोरङले ८ निर्माण व्यवसायीसँग २०७९ जेठ ३० सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । उक्त अवधिसम्ममा काम सम्पन्न गर्नुपर्ने गरी ३ करोड १० लाखको सम्झौता गरेकोमा १ करोड ५५ लाख रुपैयाँ रहेको ४ तटबन्ध निर्माण काम नै शुरु भएको छैन ।