भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरू

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १४:१७ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ ।

उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल लगीएको हो ।

उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस मा पु¥याइएर उपचार शुरु गरिएको छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us