वैशाख अन्तिम साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १४:५० मा प्रकाशित

काठमाण्डु ,३ वैशाख -प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भयका छन।

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रचण्ड वैशाख अन्तिम साता भारतको भ्रमण गर्ने तय भएको छ। प्रचण्डको भारत भ्रमणको मिति चाँडै नेपाल र भारतको विदेश मन्त्रालयले घोषणा गर्ने जनाइएको छ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड स्वयम्‌ले आफनो पहिलो विदेश भ्रमण भारत हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

घरेलु राजनीतिक ‘उचार–चढाव’का कारण करिब ४ महिनापछि पहिलो विदेश भ्रमणमा जाने भएका हुन्।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us