
काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।
सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।
प्रधानमन्त्री केही दिनअघि संसद् भवनमा झुलुक्क देखिएको र हाल आउनै छाडेको उनको ‘सूचना’मा उल्लेख छ।
यस्तो छ उनले सुनाएको सूचना–
नागरिकताको नाम : श्री पुष्पकमल दाहाल। चलन चल्तीको नाम :प्रचण्ड,। स्थायी ठेगाना :फेरिराख्ने।अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।हुलिया: पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने ।
उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’