प्रचण्डलाई ठाकुर गैरेको प्रश्न : यो व्यवस्था कसले उल्ट्याउन खोज्यो ?

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १३:४७ मा प्रकाशित

काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका नेता ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

प्रचण्डले नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले सोधे, ‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा प¥यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?

’संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेले बताए । ‘यो सार्वभौम संसद चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्यो सदनलाई जानकारी गराउनुपर्छ’ उनले भने ।उनले अगाडि सोधे, ‘कसले व्यवस्था उल्ट्याउन खोज्यो ?, कसको कारणले संकट पैदा भएको हो?

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us