
काठमाण्डु,३ वैशाख एकाले सचिव योगेश भट्टराईले चितवन-२ मा ४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा जस्तो परीणाम आए, फेरि पनि उपचुनाव हुनसक्ने बताएका छन ।
उनले गत मंसिर ४ को संसदीय निर्वाचन चितवन-२ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।
चुनाव प्रचारका लागि चितवन आएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले आज आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए छन ।
उनले भने, ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ, यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताउका छन ।
चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपिल गरेका छन । रवि लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि न्यौपानेलाई सहयोग गर्नुपर्ने उनले बताएका छन ।
उनले लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको भन्दै यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने भन्दै नेता भट्टराईले प्रश्न गर्का छन , ‘यस्तो प्रवृत्ति र क्रियाकलापसँग एमालेले प्रतिस्पर्धा गर्ने भन्ने कुरा हुँदैन, यस्तोमा रमाउन हामीलाई सुहाउँछ ?’