
काठमाण्डु ,३ वैशाख-कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हो ।