शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन

काठमाण्डु टुडे २०८० वैशाख २ गते १२:२५ मा प्रकाशित

काठमाण्डु,२ वैशाख– शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज शनिबार बिहान ५ बजे र १५ मिनेटमा एक सय वर्षीको उमेरमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us