
काठमाण्डु,२ वैशाख– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार राति गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जानकारी दिएका छन । उनको खुट्टामा गोली लागेको छ ।
ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानबारी दिएको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ । माओवादी केन्द्रका नेता पुन भने उपचारका लागि चीनमा छन् ।