
काठमाण्डु,२५ चैत– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले चुनावअघि नै प्रण गरेको बताएका छन ।
आज (शनिबार) गृहजिल्ला सुर्खेत आएका खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने बताएका छन ।
उनले मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै कठिन प्रस्थितिकाबीच पनि कर्णालीलाई केन्द्रले विशेष सम्बोधन गर्ने अश्वासन दिएका छन ।
उनले भने, ‘ मुलुकको अर्थतन्त्र कमजोर छ । तर कठिन परिस्थितिकाबीच पनि केन्द्रले कर्णालीलाई विशेष सम्बोधन गर्छ । चुनावअघि नै प्रधानमन्त्री ज्यू र मैले कर्णालीका धेरै ठाउँमा पुगेर बाँचा गरेका थियौं,’ खड्काले भने, ‘कर्णाली करिडोरका लागि बजेट बन्दै छ दाता पनि खोज्दैछौं ।
विकासका काम अगाडि बढाउने गरी कानुन निर्माण गरिने छ ।’ फरक प्रसंगमा खड्काले एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताएका छन ।