जब उपप्रधानमन्त्री खड्काले माटोलाई ढोगे‍‍‍…

काठमाण्डु टुडे २०७९ चैत २५ गते १२:२६ मा प्रकाशित

काठमाण्डु,२५ चैत– उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका छन् ।

आज (शनिबार) गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका हुन्। खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको धुइँचो लागेको थियो ।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताएका छन ।

उनले भने, ‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकूँ,’ ‘त्यहीँ तागत, आर्सीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us