नेपालमा अन्धोपन निवारण गर्नमा लायन्स क्लबको भूमिका महत्त्वपूर्ण छ: सभामुख

काठमाण्डु टुडे २०७९ चैत २५ गते १२:२१ मा प्रकाशित

काठमाण्डु,२५ चैत– सभाका सभामुख देवराज घिमिरेले नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताएका छन ।

आज (शनिबार) काठमाण्डुमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताएका छन ।

घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन ।

उनले भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गरेका छन । उनले सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सामाजिक काममा लाग्न आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us