विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने गरेको छ: हरि ढकाल

काठमाण्डु टुडे २०७९ चैत २३ गते १५:२४ मा प्रकाशित

काठमाण्ड, २३ चैत– प्रतिनिधिसभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगीसकेको बताएका छन । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन ।

ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको पनि बताएका छन । उनले विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने गरेको बताएका छन ।

उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन ।

उनले गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us