सांसदलाई आकस्मिक समयमा ३ मिनेट प्रदान

काठमाण्डु टुडे २०७९ चैत २३ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, २३ चैत– प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिएका छन ।

उनले अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने बताएका छन ।

उनले भने, ‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ । यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us