
काठमाण्डु, २३ चैत– प्रहरीले सुर्खेतबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित ८ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।