
काठमाण्डु, २३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित भएको बताएका छन ।
बारा पुगेर जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि उनले गठबन्धनको जित सुनिश्चित भएको बताएका छन । बाराको कलैया स्थित एक होटेलमा भएको भेटमा उनले चुनावी सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन ।
उनले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गेका छन । नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गरेका थिए ।