धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत २३ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, २३ चैत– ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक जान पैदल यात्रुको मृत्यु भएको छ । धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको भएको प्रहरीले बताएको छ ।

मृतक ५ दशमलव ४ ईन्च उचाइ भएका, निलो टिसर्ट र खैरो ज्याकेट लगाएका मृतकको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ ।

मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–११ बस्ने २७ वर्षीय धनराज लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us