थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ चैत २२ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २२ चैत–पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

१ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।

यही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us