केही दिनभित्रै सरकारले पूर्णता पाउँछ: मन्त्री शर्मा

काठमाण्डु टुडे २०७९ चैत २१ गते १७:१५ मा प्रकाशित

काठमाण्डु,२१ चैत– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी छन । आज मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन ।

उनले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन । शर्माले भनिन्, ‘कांग्रेसबाट मन्त्रीको नाम नदिँदा पूर्णता पाएको छैन । करिब करिब पूर्ण त भयो तर केही मन्त्रालय रिक्त छन्’ ‘यो विषयमा हिजो क्याबिनेटमा छलफल भएको थियो ।

केही दिनभित्र सरकारले पूर्णता पाउने छ । पार्टीहरुका आन्तरिक समस्याहरु हुन्छन् । ती कारणहरूको समस्या समाधान हुने छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसहित सत्ता साझेदाल दलका नेताहरु समेत तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्परता देखाएले छिट्ट हुने शर्माले विश्वास व्यक्त गरिन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us