ऋण गरेर निजी विद्यालयमै पढाउने स्थितिको अन्त्य गर्नुपर्छ: सभामुख

काठमाण्डु टुडे २०७९ चैत २१ गते १६:३९ मा प्रकाशित

काठमाण्डु,२१ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक भएको बताएका छन ।

आज (मंगलबार) काठमाण्डुमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उन यस्तो बताएका हुन ।

उनले शिक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानीअनुसारको नतिजा आउन नसकेको बताएका छन । उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको पनि बताएका छन ।

उनले भने, ‘परिवर्तित सन्दर्भमा शिक्षालाई कसरी लैजाने भन्नेबारेमा शिक्षा ऐन आउन बाँकी छ । आएका कुरा पनि प्रभावकारी ढंगबाट कार्यान्वयन हुन समस्या भएको छ । कार्यान्वयन गर्ने सन्दर्भमा आज हामी सामुदायिक विद्यालयलाई सुधार गर्छौँ, बलियो बनाउँछौँ भन्ने नाराका साथ यो सम्मेलन मनाइरहेका छौँ ।

यसका बाधक के छन्, कुन तहमा के भूमिका छ, त्यसलाई निष्कर्षमा लगेर कार्यान्वयनको प्रतिबद्धता गर्न जरुरी छ । शिक्षालाई राज्यले प्राथमिकता दिएको छ, तर कार्यान्वयनमा विभिन्न समस्या छन्, सामुदायिक विद्यालयमा शिक्षाका लागि सरकारको ठुलो लगानी छ, ठुलो प्रतिशत लगानी सरकारको छ, तर सदुपयोग हुन सकिरहेको छैन की, त्यस दिशामा पनि छलफल हुन जरुरी छ । सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्ने कुरा पाउन आवश्यक छ ।’

उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेको तर सामुदायिक विद्यालयमा किन विद्यार्थीको आकर्षण छैन नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us