
काठमाण्डु,२१ चैत– कांग्रेसले चितवनको रामपुर कृषि क्याम्पसमा नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएको बताएको छ ।
कांग्रेसले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज मंगलबार विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति विवेक अर्याललाई कुटपिट भएकोले छानबिन गर्न माग गरेका छन ।
रामपुर क्याम्पसमा नेविसंघको बहिस्कारका बीच गत चैत १७ गते क्याम्पसमा स्ववियु चुनाव भएको थियो। विज्ञप्तिमा भनिएको छ, ‘ नेविसंघ रामपुर कृषि क्याम्पस खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ।
यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । ’ चैत १७ मा प्रहरीको कुटपिटबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र सुरज यादव गम्भीर घाइते भएको पनि कांग्रेसको बताएको छ । कांग्रेसले उक्त घटनाको यथार्थ छानबिनका साथै स्ववियु चुनाव रद्द गरी पुनः निर्वाचन गराउन माग गरेको छ।