रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु

काठमाण्डु टुडे २०७९ चैत २१ गते १५:०९ मा प्रकाशित

काठमाण्डु,२१ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ ।

हिजो (सोमबार) दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा आज सुनुवाइ सरु भएको हो । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल सफलले आइतबार रिट दर्ता गराएका थिए ।

प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि पौडेलले रिट निवेदन दर्ता गराएका थिइए ।

राहदानी दुरुपयोगजस्तो गम्भीर विषयमा मुद्दा नचलाउने निर्णय गरेर सरकारले संविधानकै उल्लङ्घन गरेको भन्दै पौडेल रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए ।

आइतबार नै रिट निवेदन लिएर गएपछि सर्वोच्च अदालतले अध्ययनपछि सोमबार मात्रै उक्त रिट दर्ता गराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us