बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत २१ गते १४:१९ मा प्रकाशित

चितवन,२१ चैत–चितवनमा बसले साइकललाई ठक्कर बाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन ।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिदाँ साइकल यात्रीय कुलप्रसाद पराजुलीको मूत्यु भएको प्रहरीले बताएको छ ।

ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us