सदनमा सांसदहरुलाई मोबाइल स्वीच अफ गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाण्डु टुडे २०७९ चैत २१ गते १४:१२ मा प्रकाशित

 काठमाण्डु,२१ चैत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न आग्रह गरेका छन ।

आज (मंगलबार) बसेको राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राखिरहेकी थिइन् ।

त्यसबेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले यस्तो आग्रह गरेका हुन ।अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमै भने, ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us