मधेस प्रदेश सरकारबाट एमालेले आज दुई बजे राजीनामा दिँदै

काठमाण्डु टुडे २०७९ चैत २१ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,२१ चैत– मधेस प्रदेशको सरकारबाट आज मंगलबार एमालेका मन्त्रीले दुई बजे राजीनामा दिँदैछन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेको हुनाले आफूहरू सरकारबाट राजीनामा दिन लागेको एमालेका प्रदेश सभा सदस्य एवं भौतिक मन्त्री सरोज यादवले जानकारी दिएका छन ।

उनले भने, ‘एमाले पार्टीले पनि तपाईहरु जस्तो सहज हुन्छ त्यस्तो निर्णय लिनुस् पहिला नै भनि सकेको थियो, हामी छलफलमै थियौँ, त्यही बीचमा मुख्यमन्त्रीज्यूले पनि सहजता बनाई दिन आग्रह गर्नुभयो, हामीले सरकार छाड्ने निर्णयमा पुग्यौँ आज दुई बजे राजीनामा दिँदैछौं ।’

यसअघि एमालेसहितको गठबन्धनले केन्द्रसहित सबै प्रदेशमा सरकार बनाएको थियो । कांग्रेससँग गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारमा रहेका एमालेका मुख्यमन्त्री र मन्त्रीहरू धमाधम सरकार छाड्दै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us