५ वर्षपछि रास्वपाको एकल सरकारलाई कसैले रोक्न सक्दैन: रवि लामिछाने

काठमाण्डु टुडे २०७९ चैत २१ गते १३:१४ मा प्रकाशित

काठमाण्डु,२१ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने बताएका छन । आज मंगलबार चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएका हुन ।

चितवन– २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताएका छन । ६ महिनामा २० सिट जितेको भन्दै उनले भने, ‘५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’

उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने बताउका छन । उनले सरकारमा गएको विषयमा उठेको प्रश्नको पनि जवाफ दिएका छन् ।

सरकारमा बस्दा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शोरवाहादुर देउवाले सेवा नगरेको, जनताको काम गरेको बताएका छन ।

३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको भन्दै उनले भने, ‘१०० दिन पाएको भए तपाईंले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us