चितवन प्रयोगशाला होइन, जनताले बुझेका छन्: जितनारायण श्रेष्ठ

काठमाण्डु टुडे २०७९ चैत २० गते १५:२९ मा प्रकाशित

काठमाण्डु,२० चैत– कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन आफ्ना लागि भएको बताएका छन ।

चितवन–२ बाट निर्वाचित सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव भएको उनले बताएका छन । उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन ।

उनले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’ त्यसअनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको उनले बताएका छन ।

उनले आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए ।

उनले अघि भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’ उनले चितवन पर्यटकीय नगरी भएको भन्दै उनले एक पटक आउनेलाई स्वागत गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us