कांग्रेस बदल्न यहीँभित्र लड्नुपर्छ, बाहिर गएर ढुंगा हान्ने होइन: महामन्त्री थापा

काठमाण्डु टुडे २०७९ चैत २० गते १५:२४ मा प्रकाशित

काठमाण्डु,२० चैत– कांग्रेस महामन्त्री गगन थापाले पार्टी बदल्न कांग्रेसमै रहनुपर्ने बताएका छन । आज (सोमबार) उपनिर्वाचनमा तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ता कार्यक्रममा पुगेका महामन्त्री थापाले यस्तो बताउका हुन ।

उनले बाहिरबाट ढुंगा हानेर कांग्रेस बदल्न नसकिने बताएका छन । उनले भने, ‘ कांग्रेस बदल्न चाहन्छौं, बाहिर गएर कांग्रेसलाई ढुङ्गा हानेर कांग्रेस बदलिन्छ ?’ ‘कांग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ, त्यो संघर्ष गर्ने हो ।’

उनले हालै कांग्रेस छाडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा नै उम्मेदवार बनेका छन् । उनीप्रति लक्षित गर्दै थापाले भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us