
काठमाण्डु, १९ चैत–पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने बताएका छन ।
आज (आइतबार) पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने बताएका छन ।
ओलीले अचम्म अचम्मका मान्छे मन्त्री भएको पनि बताएका छन । उनले भने,‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?’, उनले भने, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’
उनले मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने बताएका छन । उनले अगाडि भने, ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन् । आउँदै आउँदैन उनलाई ।’