प्रचण्डपथको काम जाति–जातिका बीचमा भिडन्त बढाउने हो: केपी ओली

काठमाण्डु टुडे २०७९ चैत १९ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, १९ चैत–पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अघि बढाउन एमाले सबल राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका छन ।

आज (आइतबार) काठमाण्डुमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

ओलीले जनतालाई सचेत बनाउँदै एमालेको सम्पूर्ण शक्ति सबल राष्ट्रिय शक्ति बनाउन केन्द्रित भइरहेको बताएका छन । उनले भने, ‘ देशलाई अस्थिरता, अन्यौल र दिशाहिनताबाट जोगाएर सही बाटोमा लैजान अबको समय खेर जान नदिएर हामी एउटा सबल राष्ट्रिय शक्तिका रुपमा अघि बढ्नुपर्छ’ ।

उनले एमालेको सम्पूर्ण शक्ति सुदृढ र सबल राष्ट्रिय शक्ति निर्माणमा खर्चिनुपर्ने बताएका छन । उनले एमालेले चलाएको मिसन ग्रासरुट अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी भएको बताएका छन ।

ओलीले अन्तर्घाती चरित्र एमाले चरित्र हुन नसक्ने भन्दै प्रचण्डपथको काम जातिजातिमा भिडाउने भएको तर एमालेले सबै जातिलाई एकताबद्ध बनाउने काम गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us