थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ चैत १९ गते १७:१९ मा प्रकाशित

काठमाण्डु, १९ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

७०१ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्राले जानकारी दिएको छ ।

यही अवधिमा १४ जना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us