लोसपाले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने

काठमाण्डु टुडे २०७९ चैत १९ गते १३:२५ मा प्रकाशित

 काठमाण्डु, १९ चैत– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचनमा जनतामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।

बारा–२ मा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय भएको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएका छन ।

उनले लोसपाको कार्यकारिणी समितिको बैठकमा पनि यो विषयमा छलफल भएको बताएका छन । उनले भने, ‘बारा–२ मा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव रहने निर्णय गरेसँगै लोसपा पनि गठबन्धनकै निर्णय अनुसार जाने भएको छ ।’

यसअघि लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवारी दिने चर्चा गरेको थियो । कार्यकारिणी समितिको बैठकमा समेत नेता महतोले आफू बाराबाट चुनाव लड्ने कुरा राखेका थिए तर पछिल्लो समय पाँच दलीय गठबन्धनले साझा उम्मेदवार उपेन्द्र यादवलाई नै बनाउने भएपछि उनी पछाडि हटेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us