मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डु टुडे २०७९ चैत १९ गते १२:५० मा प्रकाशित

रौतहट, १९ चैत– रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसईई परीक्षा दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा–६ पोठियाहीका कमल साह रहेका छन ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका साहलाई पक्राउ गरीएको प्रहरीले स्रोतले बताएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतले बताएको छ । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us