
काठमाण्डु, १९ चैत– कांग्रेसले आगमी १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचमा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको छ । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी गरेका छन ।
तर कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् ।
लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने पक्का छ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाएको छ । तनुहँ–१ र चितवन–२ मा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले बारा–२ मा जसपालाई समर्थन कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।