थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ चैत १८ गते १८:२४ मा प्रकाशित

काठमाण्डु,१८ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

६५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क ३ दिनको एकमुस्ट विवरण हो ।

यही अवधिमा थप ७ जना निको पनि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमितको सङ्ख्या १ सय ७१ पुगेको छ ।

थप ५१ हजार ९९८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us