
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने बताएका छन ।
आज (शनिबार) १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताएका छन ।
कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ–१ र पूर्व डीआईजी रमेश खरेललाई बारा–२ मा उम्मेदवार बनाएका
रास्वपाका सभापति लामिछानेले अघि भने, ‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’ उनले रास्वपा सबभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी बन्ने र बहुमत र दुई तिहाइको सरकार बनाउने बताएका छन ।