
काठमाण्डु,१७ चैत– नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल वैशाख १० मा बारा–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा लड्ने भएका छन ।
खरेलले आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने बताएका छन । खरेलले भनेका छन्, ‘नयाँ सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु’, ‘डा प्रणय राणाको अथक प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’
खरेलले राष्ट्र सेवामा ईमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्धता गरेका छन । ४ मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाण्डु–१ मा उम्मेदवार बनेका थिए । तर कांग्रेस नेता प्रकाशमान सिंह सँग पराजित भएका थिए ।