
काठमाण्डु, १७ चैत– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको अन्तिम टुंगो लगाउन बाँकी नै रहेको बताएका छन् । ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका नाम आधिकारिक नभएको खड्काले बताए । गएराति सामाजिक सञ्जालमार्फत खड्काले पार्टी सभापतिले प्रधानमन्त्रीलाई अन्तिम नामावली नबुझाएसम्म निर्णयमा हेरफेर हुन सक्ने खड्काले उल्लेख गरे ।
‘अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुङ्गो लागिसकेको छैन’, खड्काले लेखेका छन्, ‘जबसम्म औपचारिक निर्णय भएर सभापतिज्यूको हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्यूकोमा पुग्दैन । तबसम्म निर्णय परिवर्तन हुन सक्छ ।’
काँग्रेसका तर्फबाट सरकारमा खड्काले नेतृत्व गर्ने सम्भावना छ । सभापति देउवाले खड्कालाई उपप्रधानसहित रक्षामन्त्रीको जिम्मेवारी दिएर सरकारमा पठाउन चाहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । बालुवाटार श्रोतका अनुसार राष्ट्रपति कार्यालयले मन्त्रीहरुको सपथका लागि अपराह्न ३ बजेको समय मागेको छ ।