
काठमाण्डु, १७ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुक्रबार अपिल गर्दै उनले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन् ।
परीक्षामा सहभागी हुने विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत प्रधानमन्त्रीले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन सम्बन्धित सबैलाई भूमिका खेल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।
बिहान ८ बजेदखि सुरू परीक्षामा झण्डै पाँच लाख विद्यार्थी सहभागी छन् ।
देशका ७७ वठटै जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।