
काठमाण्डु, १७ चैत– माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ ।
बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । यो वर्षको एसइई परीक्षामा देशभरबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले देशका ७७ वटै जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छ्न ।
पहिलोपटक जापानमा समेत एउटा परीक्षा केन्द्र तोकिएको छ । रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ सन्तान जापानको राजधानी टोकियोस्थित केन्द्रबाट परीक्षामा सहभागी भएका हुन् । आगामी २९ चैतसम्म सञ्चालन हुने परीक्षामा ७८ जनशक्ति परिचालन गरिएको बोर्डले जनाएको छ ।